हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कविता : “धर्म र विरोध”

कविता : “धर्म र विरोध”

Advertisement

पश्चिमा सभ्यताले
बाइबलको विरोध गरे
जसले उनीहरूलाई
प्रगतिको बाटोमा डोर्यायो।
अरेबिक सभ्यता
कुरानको झोलीमा मा
प्रकृतिले दिएको धन छ
तर विवेक
धर्मको अन्धकारमा।
पूर्वीय सभ्यताले
धर्म त्याग्न सेकन,
न त प्रकृतिले अरबलाई जस्तो
तेलखानी नै दिए
त्यसैले हामी पछाडि पर्यौं।
बाइबलको “सिन” पोर्न बनो,
विज्ञानले बाइबललाई पत्याएन
उनीहरू नैतिक बने
त्यसैले अगाडि बढे
चर्चको आधिनता बाट मुक्त भए।
इतिहास र समय त्यही हो,
उनीहरूले अभिलेख राखे
त्यसैले पढिए
र ज्ञानले बाटो देखायो।

Advertisement

✍️अर्जुन दाहाल
गाैरादह–३, झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)