कस्तो अचम्म छ प्रकृति यहाँ
आज घाम लाग्छ, भोलि पानी पर्छ
हावा, हुरी र असिनाले
धन–जनको क्षति गरिरहन्छ ।
गड्याङ–गुडुङ चट्याङसँगै
बोल्दाबोल्दै जीवन लिन्छ
हावा चल्दा अचानक
सुतिरहेको ठाउँमा रुख ढल्छ ।
कस्तो विडम्बना यो संसारको
पत्याउनै गाह्रो भइरहन्छ
टन्टलापुर घाम लागिरहेको बेला
वर्षा याम झैँ सतर्क बस्नुपर्छ ।
घरभित्रै बस्ने सन्देश आउँछ
मिडियामा खबर छरिन्छ
आज यो प्रदेश, भोलि त्यो प्रदेश
डरैडरमा समय बिताउनुछ ।
हिँड्दाहिँड्दै ठेस लागेर मृत्यु हुन्छ
गाडी चलाउँदै चालक ढल्छ
कस्तो समय आएको छ यहाँ
क्षणभरमै जीवन बदलिन्छ ।
अस्पतालमा बिरामीको भीड बढ्छ
रोगको संख्या तीव्र गतिमा चढ्छ
बालबालिका पढाइ छोडेर
गलत बाटोतर्फ धकेलिन्छ ।
सन्तान बिग्रिने चिन्ताले
परिवार नै आहत हुन्छ
दोष कसलाई दिने यहाँ
सबै प्रश्नमै समय हराउँछ ।
आधुनिकताले यो संसारमा
संस्कार नै बिथोलिएको छ
कस्तो समय आयो यहाँ
मानवता नै अलमलिएको छ ।

शान्ता उप्रेती, हल्दीबारी- १ ,गोलधाप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
6
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार