मानव रगतले रङ्गिएको हातहरु
पिठोको बोरा बोकेर
दौडिरहेछन
गाजाको पीड़ा संगै
भोक मेटाउन
असल्ल घाउ बिर्सन
चिच्याइ रहेछन !
गाजाले देखाएको यो मार्मिक दृश्यहरु शब्दभन्दा बलियो
र आँसुभन्दा गहिरो पिडादायक छ!
भोक बडा
खतरनाक हुन्छ,
पिडादायक
र अतुलनीय हुन्छ ,
यो बाँच्नको निम्ति गरिएको संघर्ष हो,
जसको
कुनै सिमा हुदैन ।
एक सानो बच्चाले काँधमा बोकेको पिठोको बोरा —
गाजाकोभूमिमा
त्यो बोरा
अब मृत्युको
साक्षी बनेको छ।
सेतो पिठोमा
रातो रगतको छिट्टा, त्यो रगत
एक आमाको,
बालक वा निर्दोष प्यालेस्टाइनीको हो। अब यो संसारभरी मौनताको
गवाही पनि
बनेको छ।
यो दृश्य
युद्धको होइन, सामुहिक
जनसंहारको हो।
र, यो दृश्यले
बारम्बार प्रश्न गर्छ –
“के यो
मानवता हो ?”
“के विश्व अझै पनि मानसिक रुपले नदेख्ने ,
नसुन्ने
र निशब्द नै बसिरहन मिल्छ ?
भद्रपुर, नेपाल
















