हल्दिबारी डटकम
Hover Ad Article
कविता
हल्दिबारी संवाददाता १२ महिना अगाडि

कविता – शब्दहरुको आवाज़

मेरो प्यार मेरो क्रोध
मेरो घृणा मेरो स्वीकृति
सबै कुरा यो कलमबाट
यसको रोशनीबाट हुन्छ … ।

Advertisement

मेरो नज़रको सामुन्ने
जब शब्द मुस्कुराउने छ
उ प्रेम बनेर फेरी
कागजमा उतर्ने छ … ।
उल्झनमा जब कोही
कतै पाइने छ
तब त्यो अनुभूतिले मेरो
यो कागजमा ढल्ने छ … ।
हार्ने छन जब अक्षरहरु
आफैसंग बनेका शब्दहरुबाट
बनाउने छु नयाँ महल फेरी
उनको नै अलग अर्थहरु बाट … ।
केही शब्दहरुका साथ कतिपय
उनको आस-पास घटित छ
क्षत बिक्षत हुन्छन जब उ
अति दर्द उनमा पालित छ ….।
.समेटने छु ती सबैलाई
केही मरहम पनि लगाउने छु
फेरी ठीक गरेर उनको
उनको आवाज बन्नेछु … ।
उनको साथ रहेर मेरो
केही समय बित्ने छ
साथ पाएर शब्दका
मेरो अपनत्व पनि देखिने छ … ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)