हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कविता: “सपना”

कविता: “सपना”

Advertisement

के हो त सपना
उसले घोतालीएर सोच्यो,
अनि देख्यो
उसको सपना
सानो आकार बाट
सानो बिरुवा जसरी क्रमशः क्रमशः
ठूलो रुखमा परिणत हुन्छ
त्यसै गरी
विकराल रूप लिएको
अनि उसको अल्छिपनाले
खाइलाग्दो रुख सरह
स्वंयम दाउरे भएर
उक्त रुखलाई छिरेको।
ज्योतिष शास्त्र
सपनाको अर्थ लगाउँद छ
साथै कुन सपना पुरा हुन्छ
भन्ने अडकल कट्दछ
समय र पात्रोका ग्रह दशा अनुसारले ।
उसले निष्कर्ष निकाल्यो
ज्योतिषशास्त्रले जतिनै लेखे पनि
जब समा कर्म गरिँदैन
सपना भनेको
मनको लड्डु हो
घिउ सँग खाइने।
उसले उत्तर पायो
सपना के हो भन्ने
र चित्त बुझायो ।

Advertisement

अर्जुन दाहाल
गाैरादह–३, झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)