हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कविता : “स्वर्गको गाथा”

कविता : “स्वर्गको गाथा”

Advertisement

राक्षसहरु जीवितै स्वर्ग गए
स्वर्गमा कब्जा पनि गरे।
रावण पनि स्वर्ग गए,
महाभारतकालमा
अर्जुन पनि इन्द्र सँग स्वर्ग गए।
यसको अर्थ
स्वर्ग जान मृत्युको आवश्यता छैन
कर्मको फल भोग्नको नाममा।
त्यसो भए
किन झ्याली पिटियो त स्वर्गको
यसको व्याख्या एबं विवेचना
शास्त्रमा भेटिँदैन,
मात्र भेटिन्छ
देवता सहित
स्वर्ग पुण्य कमाउनेको लागि हो,
पुण्य क्षीण हुँदा स्वर्गबाट खस्छन्
भन्ने मान्यता स्वरूप।
जीवित र मृतक दुवै पुग्न सकिने
स्वर्गको गाथा
शास्त्रमा अधुरो छ ।

Advertisement

✍️अर्जुन दाहाल
गाैरादह–३, झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)