कविता
हल्दिबारी संवाददाता ८ महिना अगाडि

कविता : हराएको मानवता   

आज मानवता हराए झैँ भयो

मित्रताको डोरी कमजोर भयो

विज्ञापन (Advertisement)Advertisement

आफ्ना र आफन्त टाढिएका छन्

रिसराग मन मस्तिष्कमा दर्बिलो बनाएका छन्।

 

त्यसैले त

मानव आज दानव झैँ बन्न थालेका छन्।

आफ्नो र पराई दुवै भन्न छाडेका छन्।

खै किन हो हत्या र हिंसाले

नाम कमाउन थालेका छन्

कसको डर भयो र अब

नियम कानुनलाई लात हान्न थालेका छन्

 

साथीभाइको त के कुरा

घरै भित्र आफ्ना चिन्न छाडेका छन्

भविष्य बिर्सिएरै होला

खुलेआम हत्या गर्न थालेका छन्

सरोज शर्मा जस्ता कैयौँ बालक, युवा र वृद्ध हराएका छन्

हराएको खोजी गर्दा

जीवन समाप्त पारेको भेटिएका छन्

 

मान्छे मान्छे रहेन अब

मानवमा मानवता हराएछ जब

खोई कसरी बाँच्छौ तिमी अब

त्रास फैलिँदै छ बुझ्दैनौ जब

मार्नु र फाल्नु कमिला झैँ भएको छ

दया र विवेक खोई कता गएको छ

शिक्षा र संस्कार खरानी भएको छ

हाँसेर हिँड्ने जमाना गएको छ

 

लौ भन मानव

उज्यालो कहाँ गएको छ

कसरी हिँड्छौ अँध्यारो भएको छ

हिँडेको छोरो खै कता गएको छ

फर्केर आएन आँखा टटाएकोछ

उ त त्यहाँ बिलिन पो भइसकेको रहेछ

कहाँ खोज्ने भन त अब

यहाँ त मानवता नै हराइसकेको छ ।

  शान्ता उप्रेती :  हल्दीबारी -१ झापा

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)