हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कांग्रेसको निर्णय : आफ्नै सरकार गठन गर्न अग्रसरता लिने 

प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ । र, आफ्नै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने निर्णय गरेको छ ।

Advertisement

शुक्रबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले नयाँ सत्ता समीकरणको लागि कांग्रेसको निर्णय पर्खिरहेका थिए ।

Advertisement

विहीबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले समेत प्रमुख प्रतिपक्षी दल कांग्रेसको औपचारिक निर्णयपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिनेबारे निर्णय गर्ने निष्कर्ष निकालेको थियो। माओवादीलगायतका विपक्षी दलहरुले कांग्रेसले सरकारको नेतृत्व लिने गरी गठबन्धन गर्न रुचि देखाउँदै आएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)