हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कांग्रेस एक्लै चुनाव लड्छ : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले अब हुने निर्वाचनमा कांग्रेस एक्लै लड्ने बताएका छन्।अरू पार्टीसँग तालमेल गरेर चुनाव लड्ने स्वभाव कांग्रेसको नभएको पनि उनको भनाइ छ।

Advertisement

सिन्धुलीमा आज आयोजित कार्यक्रममा बोल्दै थापाले भने, ‘कोहीसँग मिलेर चुनाव लड्ने कांग्रेसको स्वभाव नै होइन, रूखबाहेक अन्यत्र कांग्रेसले भोट हाल्दैन।’सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नै गठबन्धन चुनावसम्म जाने संकेत गरिरहेका बेला थापाले अरूसँग मिलेर चुनाव लड्न नहुने बताएका छन्।

Advertisement

थापाका अनुसार आगामी चैतरवैशाखमा स्थानीय तहको चुनाव र मंसिरसम्म संघीय चुनाव हुनेछ।उनले कांग्रेस पहिलो पार्टी बनाउने हो भने अहिले रहेका मतदाता जोगाउँदै थप मतदाता आकर्षित गरिनुपर्ने बताए।‘कांग्रेस पहिलो पार्टी बन्ने हो भने अहिलेको मतदाता जोगाउँदै ४३ लाख भन्दा बढी मत हामीले ल्याउनुपर्नेछ,’ उनले भने।

उनले गत निर्वाचनमा माओवादीसँग चितवनमा गठबन्धन गर्दा त्यसको नकरात्मक प्रभाव परेकोसमेत बताए।साथै उनले १४ औं महाधिवेशन मंसिर २४ देखि २६ सम्म हुने र अब महाधिवेशनको मिति नसर्ने बताए। पार्टी नेतृत्व चयन गर्दा सक्षमलाई नेतृत्वमा पुर्‍याउनसमेत उनले आग्रह गरेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)