हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ३ हप्ता अगाडि

कांग्रेस कसैको प्राइभेट कम्पनी होइन: गगन थापा

बिर्तामोड (झापा) — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेस कसैको पनि निजी (प्राइभेट) कम्पनी नभएको स्पष्ट पार्नुभएको छ ।

Advertisement

​नेपाली कांग्रेस झापाले मङ्गलबार आयोजना गरेको जिल्लास्तरीय बृहत् भेलालाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेस कुनै व्यक्ति विशेषको निजी सम्पत्ति नभई लोकतान्त्रिक मूल्य, मान्यता र लाखौँ कार्यकर्ताको रगत–पसिना तथा योगदानबाट स्थापित भएको ऐतिहासिक पार्टी भएको बताउनुभयो ।

Advertisement

​”कांग्रेस कसैको निजी प्राइभेट कम्पनी होइन,” नेता थापाले भन्नुभयो, “यो लाखौँ कार्यकर्ताको योगदानले उभिएको संस्था हो, यसलाई कसैले पनि आफ्नो निजी सम्पत्तिका रूपमा बुझ्ने भूल गर्नु हुँदैन ।”

​पार्टीभित्र सानो–ठूलो भन्ने कुनै पनि किसिमको विभेद स्वीकार्य नहुने उल्लेख गर्दै उहाँले सबै नेता तथा कार्यकर्ताले आफ्नो जिम्मेवारी सहनशील, अनुशासित र जिम्मेवार ढङ्गले पूरा गर्नुपर्नेमा जोड दिनुभयो । पार्टीलाई थप मजबुत र गतिशील बनाउन आपसी एकता, सहकार्य र सङ्गठनात्मक अनुशासन अपरिहार्य रहेको उहाँको भनाइ थियो ।

​मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे चर्चा गर्दै थापाले देशमा लोकतन्त्रको सुदृढीकरण, सुशासन र आर्थिक समृद्धिका लागि नेपाली कांग्रेसले सधैँ नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको दाबी गर्नुभयो । आगामी दिनमा जनताको विश्वासलाई अझ मजबुत बनाउने गरी काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले पार्टीलाई समयानुकूल रूपान्तरण गर्दै युवाहरूको सहभागितालाई व्यापक बनाउनुपर्नेमा जोड दिनुभयो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)