हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

काङ्ग्रेस जिल्ला सदस्यमा गोलधापका निराजन दाहालको उम्मेद्बारी घोषणा

हल्दिवारी – झापा । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा जिल्ला सदस्य पदमा काङ्ग्रेस हल्दिवारीका सहसभापती युवा व्यवसायी निराजन दाहालले उम्मेद्बारी दिने घोषणा गरेका छ्न ।

Advertisement

नेपाल विद्यार्थी संघको संगठनबाट राजनीति यात्रा शुरु गरेका दाहाल साविक गोलधाप गाउँपालिकाको २ कार्यकाल सभापति , क्षेत्रीय प्रतिनिधि हुँदै हल्दिवारी गाउँ सह- सभापति जस्तो पदमा रहेर काम गरि सकेका छ्न ।

Advertisement

हल्दिवारी उधोग बाणिज्य संघको सस्थापक सदस्य समेत रहेका दाहाललाई हल्दिवारी काङ्ग्रेस भित्रको ईमानदार कार्यकर्ताको रूपमा हेर्ने गरिन्छ ।

झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित हुने जिल्ला सदस्य पदको लागि आफू योग्य रहेको बताउदै उम्मेद्बारी घोषणा गरेको हल्दिवारी डटकमसंगको कुराकानीमा दाहालले बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)