हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

काङ्ग्रेस १४ महाधिवेशन : गौतम र बस्नेतको उम्मेद्बारी घोषणा

हल्दिवारी : नेपाली काङ्ग्रेसको १४ महाधिवेशनमा झापा क्षेत्र नम्बर ३ ख को सभापति र सचीव पदमा २ सामाजिक अभियान्ताले उम्मेद्बारी दिने घोषणा गरेका छ्न । नेपाली रेडक्रस सोसाइटी प्रदेश कोषाध्यक्ष ओम प्रकाश गौतमले सभापति पदमा उम्मेद्बारी दिने भएका छ्न भने कर्णाली साकोसका सचिव तथा सक्रिय सामाजिक अभियान्ता भुपाल बस्नेतले सचीव पदमा उम्मेद्बारी दिने घोषणा गरेका हुन ।

Advertisement

बाह्रदशी नेपाली काङ्ग्रेसको १० बर्ष सभापति समेत रहेका गौतमलाई झापाको सक्रिय रेडक्रस कर्मीको रूपमा चिनिन्छ , बिपद व्यवस्थापनमा सक्रिय रुपमा लागेका उनिलाई भावी सभापतिको रूपमा समेत हेरिएको छ । सचिव पदका उम्मेद्बार बस्नेत स्वास्थ उपचार र सहयोगको लागि झापामै अग्र पङ्तीका युवा अभियान्ताको रूपमा चिनिन्छ्न ।

Advertisement

क्यान्सर रोगी बिरामीको लागि सहयोग गर्न सस्थानै खोलेर उनी दिनरात गरिव दुखीको सेवामा सक्रिय रहेको पाइन्छ । नेपाली काङ्ग्रेसका नेता कृष्ण प्रसाद सिटौलाको निर्वाचन क्षेत्रमा सभापति तथा सचिव जस्तो पदमा उनीहरुको उम्मेद्बारीले काङ्ग्रेस संगठनलाई दरो बनाउने बिश्वास काङ्ग्रेस जनको रहेको पाईन्छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)