काठमाडौँ । काठमाडौँको मूलपानीमा गएराति लुटेरा समूहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार लुटपाटमा संलग्न समूहलाई पक्राउ गर्न खोज्दा सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास भएपछि प्रहरीले दुई राउन्ड गोली चलाएको हो। गोली लागेर समूहका एक जना नाइके घाइते भएका छन्। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार उपत्यकाका विभिन्न स्थानमा लुटपाट गर्दै आएका १० जनालाई पक्राउ गरिएको छ। पक्राउका क्रममा दुई जना प्रहरी पनि घाइते भएका छन्।
आरोपीहरूले गौशाला, स्वयम्भू, बौद्ध र भक्तपुर क्षेत्रलाई केन्द्र बनाएर लुटपाट गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूको नाम हाल सार्वजनिक गरिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1

















