हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ११ महिना अगाडि

काठमाडौंमा ‘क्यारियर कन्क्लेव’, १५ सयभन्दा बढी विद्यार्थीको सहभागिता

समिर न्यौपाने, काठमाडौं । विभिन्न विषयमा प्लस–टु उत्तीर्ण गरेका विद्यार्थीलाई स्नातक तहमा उपयुक्त विषय चयन गर्न मार्गदर्शन गर्ने उद्देश्यसहित ‘क्यारियर कन्क्लेव’ काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ।

Advertisement

कार्यक्रम टेक्सपायर कलेज नयाँ बानेश्वर, महर्षि कलेज नयाँ बानेश्वर र पिसिपिएस कलेज इमाडोलको संयोजनमा आयोजना गरिएको हो। आयोजकहरूले विशेषगरी सूचना–सञ्चार तथा प्रविधि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर सुझाव दिएका थिए।

Advertisement

टेक्सपायर कलेजका सुदीप थापाले भने, “विद्यार्थीको विदेश पढाइ रहर भए पनि उनीहरूको सोचमा परिवर्तन ल्याउन सक्ने अवसर यस्ता कार्यक्रमले दिन्छ।”

दिवसभरको सत्रमा संगीत र नृत्य प्रस्तुतिहरू पनि समावेश गरिएको थियो। कार्यक्रममा महानायक राजेश हमालको विशेष उपस्थितिसँगै, कलाकारहरूले मौलिक नेपाली सांस्कृतिक नृत्य प्रस्तुत गरे। चर्चित र्यापर डिलेले व्यंग्यात्मक प्रस्तुति मार्फत देशको राजनीति प्रहार गरेका थिए।

आयोजकका अनुसार कार्यक्रममा १५ सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)