हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कृत्रिम खुट्टाले ६ माइल हिँडेर उठाए ५ वर्षीय बालकले १० लाख अमेरिकी डलर दान गर्न

काठमाडौँ- दुई वटा कृत्रिम खुट्टासहित एक ५ वर्षीय बालकले अस्पताललाई दान गर्न १० लाख अमेरिकी डलरभन्दा बढी रकम उठाएका छन्। आफूलाई बचाएको अस्पताललाई आर्थिक सहयोग गर्न उनले सो रकम संकलन गरेका हुन् । नवजात शिशु अर्थात जन्मेको सातौं दिनमै आफ्ना दुवै खुट्टा गुमाएका उनले सो अवस्थामा अस्पतालले आफ्नो जीवन रक्षा गरेको भन्दै सो उक्त रकम सहयोग गरेका हुन् ।

Advertisement

उनले गत महिना कृत्रिम खुट्टाले ६ माइल हिँडेर उक्त रकम जम्मा गरेका हुन्। बालक टोनी हजेलले आफ्ना दुवै खुट्टा माता पिताले गरेको दुर्व्यवहारका कारण गुमाउनु परेको थियो। जसले उनलाई लन्डनको बाल अस्पतालमा लाइफ सपोर्टमा राखिएको थियो। हजेल पहिले जुनमा अस्पतालका लागि पाँच सय पाउण्ड स्टे«लिङ उठाउने लक्ष्य राखेका थिए, तर उनले त्यस लक्ष्यलाई तोड्दै गत बुधवारसम्म अनलाइन कोषमा १० लाख अमेरिकी डलर जम्मा गर्न सफल भएका छन् ।

Advertisement

टोनीले मंगलबार आफ्नो पैदल यात्रा आफ्नै गृहनगर दक्षिणपूर्वी इंग्ल्याण्डको पश्चिम मालिङा ठूलो भीडको अगाडि पूरा गरेका थिए। यस खुशीलाई उनलाई आफ्नो परिवारसँग मनाएका थिए। “केही हप्ता अघि टोनीले केहि कदम समेत चाल्न नसकेको सुनाउँदै उनकी आफ्नी आमा पाउला हजेलले उनी कडा र दृढ संकल्प भएका बालक भएको प्रतिक्रिया दिएकी समाचार संस्था पीए मिडियाले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)