हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कृष्णनगर नगरपालिकाका नगरप्रमुख साह नेकपामा प्रवेश

कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप साह नेकपामा प्रवेश गरेका छन् ।

Advertisement

स्थानीय तहको निर्वाचनमा स्वातन्त्रबाट नगरप्रमुख निर्वाचित भएका साहलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेता मात्रृकाप्रसाद यादवले काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच पार्टीमा प्रवेश गराई स्वागत गरेका हुन् ।

Advertisement

साहसँगै कृष्णनगरका युवा व्यवसायी इस्लाम खान पनि नेकपामा प्रवेश गरेको हो । प्रमुख साहले नेकपाको नीति राम्रो भएकाले आफू सो पार्टीमा प्रवेश गरेको बताए । तत्कालीन संघीय समाजवादी फोरमबाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)