काठमाडौँ / नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले मुलुकको प्रशासनिक संरचना कर्मचारीहरूमा मात्र निर्भर रहँदा समस्या उत्पन्न भएको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सिटौलाले पार्टीभित्र उच्च शैक्षिक योग्यता हासिल गरेका डाक्टर, इन्जिनियर, पीएचडीधारीजस्ता व्यक्तिहरूको क्षमता प्रयोग नगरी सधैं निजामती कर्मचारीमाथि मात्र भर परेको भन्दै आलोचना गरे।

“क्षमता खाली कर्मचारीमा मात्रै किन देख्छौँ हामीले? हाम्रै पार्टीमा यति धेरै पढेलेखेका साथीहरू हुनुहुन्छ,” सिटौलाले भने। “कर्मचारी भएपछि अरू नखोज्ने प्रवृत्तिले व्यवस्था बिगार्‍यो।”

उनले पञ्चायतकालीन सोच भएका, नयाँ दृष्टिकोणविहीन कर्मचारीहरूमार्फत अहिले पनि प्रशासन चलिरहेको बताए। निजामती सेवा विधेयकमा आफ्नै पार्टीका सांसदहरूले पनि गम्भीरतापूर्वक अध्ययन नगरेको भन्दै उनले असन्तोष व्यक्त गरे।

“निजामती कर्मचारी विधेयकमा हाम्रो तर्फबाट लाइन/लाइन हेर्ने काम भएको छैन,” उनले भने, “यो ठूलो लापरबाही हो।”

उनले न्याय प्रणालीदेखि संविधान र नीतिनिर्माण प्रक्रियासम्म गम्भीर समीक्षा आवश्यक रहेको उल्लेख गरे।
“परिवर्तन ल्यायौं, तर त्यो परिवर्तनलाई टिकाउने प्रशासन बनाउन सकिएन,” सिटौलाले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
1

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार