विराटनगर । कोशी प्रदेशबाट राष्ट्रिय सभामा महिलातर्फ रोशनी मेचे निर्वाचित भएकी छन्। आइतबार सम्पन्न निर्वाचनमा उनले ७ हजार १७३ मतभार प्राप्त गर्दै विजय हासिल गरेकी हुन्।

मेचेका प्रतिस्पर्धी नेकपाकी नमिता न्यौपाने पराजित भइन्। प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुख मतदाताका रूपमा रहेको निर्वाचनमा मेचेले सुरुदेखि नै अग्रता लिएकी थिइन्।

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत विभिन्न प्रदेशमा मतगणना सम्पन्न भइसकेको छ भने केही प्रदेशमा परिणाम सार्वजनिक हुने क्रम जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार