झापाको हल्दिबारी ३ मा ढडुवा एफसी द्वारा आयोजित प्रथम ढडुवा गलाउ मेचे स्मृति कप फुटबल प्रतियोगिताको फाइनलमा न्यु स्टार खोपवाडी प्रवेश गरेको छ ।

आज भएको खोपवाडी र एनसिएफसी सैनिकको खेलमा १-० गोलअन्तरले खेल सकिएको थियो।खोपवाडीले कठिन जित सगै फाइनलको यात्रा तय गरेको हो।खेल सुरु भएको केही मिनेटमै खोपवाडीका सोनाहाङ लिम्बूले गरेको गोल नै खेलका लागि निर्णायक बनेको थियो ।खेलको म्यान अफ दी म्याच निर्णायक गोलकर्ता लिम्बू घोषित भए ।

बर्षा कै बाबजुद मैदानमा उत्रेका खेलाडीले अपेक्षित खेल खेल्न भन्ने सकेन्न। खेल एकदमै प्रतिस्पर्धात्मक बने पनि थप गोल दुवै टिमले अन्त्य सम्म गर्ने भन्ने सकेन्न। केही घम्साघम्सीको स्थिति निम्तिएको खेलबाट न्यू स्टारले उपाधिमाथि दाबेदारी प्रस्तुत गरेको थियो।
भोलि दोस्रो सेमिफाइनल खेल गोलधाप एफसी हल्दिबारी र जलथल एफसी हल्दिबारी बिच हुने छ ।सो खेल जित्नेले शुक्रवार फाइनल खेल खोपवाडी सग खेल्ने छ ।
स्व गलाउ मेचेकि धर्मपत्नी चन्द्रा माया मेचेको सभाअध्यक्षमा चलिरहेको कार्यक्रमको संचालन एवम सहजीकरण अभिषेक खतिवडाले गरिरहेका छन।