नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा बुझाएको बताइएको छ।

पार्टीका एक पदाधिकारीका अनुसार राजीनामाबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाइएको छ। उक्त बैठकले राजीनामा स्वीकृत गर्ने वा नगर्ने विषयमा निर्णय गर्नेछ।
थापाले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भएको पराजयको जिम्मेवारी लिँदै पद त्यागेका हुन्। उनी सर्लाही–४ बाट पराजित भएका थिए। यस निर्वाचनमा कांग्रेसका अधिकांश शीर्ष नेताहरूले पनि हार बेहोरेका थिए।

चुनावी नतिजापछि पार्टीभित्र नेतृत्वको आलोचना बढ्दै गएको थियो। सभापति थापामाथि नैतिक जिम्मेवारी लिनुपर्ने दबाब बढिरहेका बेला उनले राजीनामा दिएका हुन्।
विशेष महाधिवेशनपछि छोटो समयमै निर्वाचनमा गएको कांग्रेसभित्र आन्तरिक मतभेद पनि देखिएको थियो। निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष उक्त महाधिवेशनमा सहभागी नभएको र त्यससम्बन्धी विवाद अहिले सर्वोच्च अदालतमा विचाराधीन छ।

अब पार्टीको आगामी कदम के हुने भन्ने प्रश्न उठेको छ। केन्द्रीय समिति बैठकपछि कांग्रेसको नेतृत्व र भावी रणनीतिबारे थप स्पष्ट हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार