हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ११ महिना अगाडि

गर्भवतीलाई काँधमा बोकेर उद्धार, खानीखोला गाउँपालिकाका अध्यक्ष चर्चामा

काभ्रेको खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले गर्भवती महिलाको उद्धार गरेका छन्।

Advertisement

तीन दिनदेखि गर्भमा बच्चा नचलेर थला परेकी माझीटारकी सजिना गोलेलाई अध्यक्ष थिङले आफैं काँधमा बोकेर करिब डेढ घण्टा पैदल यात्रापछि आफ्नो गाडीसम्म ल्याएका थिए। त्यसपछि आफ्नै सवारी प्रयोग गरी उनलाई हेटौडाको अस्पतालतर्फ लगिएको छ।

Advertisement

घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अध्यक्ष थिङको कदम व्यापक चर्चामा आएको छ। स्थानीयवासीले यस्तो मानवीय सहयोगलाई “साँचिकै नेतृत्वको जिम्मेवारी पूरा भएको” टिप्पणी गरेका छन्।

अध्यक्ष थिङले भने, “सरकारले खानीखोलाको समस्या समाधानमा ध्यान नदिँदा गर्भवती महिलाले अझै पनि अकालमै ज्यान गुमाउनु परेको छ।”

उनले राष्ट्रपति महिला उत्थान कार्यक्रम आफ्नो गाउँपालिकामा लागू नगरेको भन्दै असन्तुष्टि जनाए। “पटकपटक निवेदन दिँदै माग गर्दा पनि संघीय सरकार र सम्बन्धित मन्त्रालयले बेवास्ता गरेको छ,” अध्यक्ष थिङको आरोप छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)