हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

गाडीमै यौनलिला गर्ने कर्मचारीलाई संयुक्त राष्ट्रसंघले गर्‍यो निलम्बन

इजरायलको तेल अभिभमा संयुक्त राष्ट्रसंघकै गाडीमा यौनलिला रचेको भिडियो भाइरल भएपछि यस घटना संलग्न भएको अभियोगमा राष्ट्रसंघले आफ्ना दुई कर्मचारीलाई बेतलबी विदामा राखेको छ ।

Advertisement

संयुक्त राष्ट्रसंघको नम्बर प्लेट अंकित आधिकारीक गाडीको ब्याकसिटमा रातो कपडा लगाएकी एक महिला पूरुषको काखमा बसेको भिडियो यसअघि सार्वजनिक भएको थियो ।

Advertisement

यस १८ सेकेन्ड लामो भिडियो सामाजिक सञ्जालमा अत्याधिक शेयर भएपछि संयुक्त राष्ट्रसंघले यसबारे छानविन सुरु गरेको थियो । संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले यस भिडियो हेरेर आफु स्तब्ध र हैरान भएको प्रतिक्रिया दिएका थिए ।

भिडियोमा देखिएका पूरुषको पहिचान भएको र उनी ईजरायलस्थित राष्ट्रसंघको सैन्य पर्यवेक्षक संस्था युएन ट्रस सुपरभिजन अर्गनाइजेशन ९युएनटिएसओ० अन्तर्गतका कर्मचारी रहेको राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघका अनुसार यस घटनामा संलग्न भएको अभियोगमा दुई व्यक्तिलाई निलम्बन गरिएको छ र अनुसन्धान समाप्त नभएसम्म उनीहरुलाई तलब मिल्ने छैन ।

राष्ट्रसंघले यौन दुव्यवर्हार गर्ने आफ्ना कर्मचारीविरुद्ध कडा नीति अख्तियार गरेको छ । नियम उल्लंघन गर्ने कर्मचारीलाई घर फिर्ता गर्ने वा राष्ट्रसंघले शान्ति अपरेशनमा प्रतिबन्ध लगाउन पनि सक्नेछ । तर, थप कानूनी वा अनुशासनको कारबाही गर्ने जिम्मेवारी उनीहरुकै देशको हुन्छ ।

संयुक्त राष्ट्रसंघका कर्मचारी र शान्ति अपरेशनमा गएका व्यक्तिहरुविरुद्ध पछिल्लो समय अनुशासन उल्लंघनका उजुरी परिरहेका छन् । एक रिपोर्टका अनुसार २०१९ मा संयुक्त राष्ट्रसंघका कर्मचारीहरुविरुद्ध यौन दुव्यवर्हारका १ सय ७५ उजूरी परेका थिए ।

यसमध्ये १६ वटा अभियोग प्रमाणित भए १५ वटा अभियोग प्रमाणित हुन सकेनन् । रिपोर्ट तयार हुँदासम्म बाँकी अभियोगमा अनुसन्धान चलिरहेको थियो । राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले यौन दुव्यवर्हारविरुद्ध ‘शुन्य सहनशिलता’ को नीति अख्तियार गर्ने वाचा गरेका छन् ।

स्रोत बीबीसी

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)