हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

गित : छरिएको मन जुटाएर मात्र

– टीका पोखरेल
छरिएको मन जुटाएर मात्र
बदल्न सकिन्छ यो देशको चित्र
मर्ने र मार्ने चलन हटाऔं
बाँच्ने बचाउने अभियान चलाऔं ।
लड्नु छ अझै यथार्थ कुरा यो
न्यायको खडेरी भएकै कुरा हो
तर पनि बारुद ले गर्छ कुभलो
घन्काऔं आवाज यसमै छ भलो।
छरिएको मन………..
संस्कार बदलौं सोच बदलौं
विधिको शासनको चलन बसालौं
सक्ला बदल्न त बन्दुकले सत्ता
रहे उहीँ संस्कार के गर्नु त्यो सत्ता ।
छरिएको मन……………………
बन्दुक भन्दा ठूलो जनबल
जनताको साथ ले भइन्छ सफल
रगतको खोला बग्यो यहाँ धेरै
जो मरे पनि त्यो दाजुभाइ मेरै ।
छरिएको मन………………….
जनताको निम्ति जनता उठेर
ल्याउनु छ क्रान्ति हँदैन फुटेर
समस्या को जड पात्र हुँदैन
प्रवृत्ति नफेरी त क्रान्ति हुँदैन ।
छरिएको मन………..
 २०७७/०९/०३
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)