गौरीगञ्ज, झापा । झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य नितेश कुमार साह अभद्र व्यवहारको कसुरमा पक्राउ परेका छन्। ३२ वर्षीय साहले वडा कार्यालयमै पुगेर वडाध्यक्ष र कर्मचारीहरूमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

गत चैत ६ गते बिहान करिब ११ बजेको समयमा मादक पदार्थ सेवन गरी वडा कार्यालय पुगेका साहले सोही वडाका ४५ वर्षीय वडाध्यक्ष बद्री नारायण यादव र अन्य कर्मचारीहरूलाई गालीबेइज्जती गर्नुका साथै धाकधम्की दिएको उजुरी परेको छ। पीडित पक्षले चैत ७ गते साँझ ५ बजे इलाका प्रहरी कार्यालय गौरीगञ्जमा लिखित जाहेरी दिएपछि प्रहरीले सक्रियता देखाएको थियो। जाहेरी प्राप्त भएलगत्तै खटिएको प्रहरी टोलीले सोही दिन साँझ ६ बजे वडा सदस्य साहलाई डौवाबारीबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पक्राउ परेका साहमाथि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत अभद्र व्यवहारको कसुरमा कानुनी प्रक्रिया अघि बढाइएको छ। घटनाको थप अनुसन्धानका लागि आज (चैत ८ गते) जिल्ला प्रशासन कार्यालय झापाबाट ५ दिनको म्याद लिएर हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ। जनप्रतिनिधिबाटै कार्यालय समयमा दुर्व्यवहार भएपछि स्थानीय स्तरमा यस घटनालाई गम्भीरताका साथ हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार