समाचार
हल्दिबारी संवाददाता ९ महिना अगाडि

चट्याङ लागेर दुई किशोरको मृत्यु

रौतहट — शनिबार साँझ ६:३० बजे रौतहटको कटहरिया नगरपालिका–२, हंथियाहा क्षेत्रमा परेको चट्याङ लागेर दुई किशोरको मृत्यु भएको छ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीका अनुसार १६ वर्षीय सेराज लहेरी र सोही स्थानका १६ वर्षीय नवीन यादव चट्याङ लागेर मृत भेटिएका हुन्।

विज्ञापन (Advertisement)Advertisement

मृतक दुवैको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ। प्रहरीले घटनाबारे थप विवरण आउन बाँकी रहेको र अनुसन्धान जारी रहेको जनाएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)