हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

चीनले लगायो भारतीय मिडियामाथि प्रतिवन्ध

काठमाडौँ। चीनले भारतीय मिडियामाथि प्रतिवन्ध लगाएको छ। सीमा विवाद चर्केसँगै भारतमा चीनको सामान प्रयोग नगर्न अभियान नै चलेका बेला चीनले पनि भारतीय मिडियामा प्रतिवन्ध लगाएको छ । गत शुक्रबार भारतीय सरकारले चीनका थुप्रै एप्लिकेसनहरुमा प्रतिवन्ध लगाएको थियो।

Advertisement

कारवाहीको प्रतिक्रिया जनाउँदै चीनले पनि भारतीय समाचारपत्र र वेभसाइटमाथि प्रतिवन्ध लगाएको छ। यस प्रतिवन्धमा भारतीय केबल नेटवर्क र भारतीय टिभी च्यानल(डिटिएच) पनि सामिल रहेको छ। चीनमा पछिल्ला २ दिनदेखि आइफोन र डेस्कटपसँगै एक्सप्रेस भीपीएनमार्फत हुने काम पनि रोकिएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)