हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

चीनसँगको विवादित सीमामा भारतीय सेना तैनाथ

भारतीय विदेशमन्त्री एस जयशंकरले चीनसँगको विवादित सीमामा सेना तैनाथलाई अभूतपूर्व स्तरमा पु-याएको बताएका छन् । भारतले चीनलाई सीमामा यथास्थिति ‘एकतर्फी रूपमा परिवर्तन’ गर्न नदिने उनले बताए । अरुणाचल प्रदेश राज्यको सीमामा रहेको विवादित क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच झडप भएको केही दिनपछि उनको टिप्पणी आएको हो ।

Advertisement

चिनियाँ सेनाको अतिक्रमणका कारण भिडन्त सुरु भएको भारतले दाबी गर्दै आएको छ । यसैबीच, चीनको परराष्ट्र मन्त्रालयले उनीहरुको जानकारी अनुसार सिमानामा स्थिति ‘सामान्यतया स्थिर’ रहेको र दुई पक्षले यस विषयमा वार्ता जारी राखेको जनाएको छ ।

Advertisement

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)