हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

छोराको विवाह खर्च जोगाएर नेता कृष्णप्रसाद सिटौलाले दिए राहत कोषलाई पाँच लाख रुपैयाँ

झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफ्नो छोराको विवाह खर्च जोगाएर राहत कोषलाई पाँच लाख रुपैयाँ दिएका छन् ।

Advertisement

नेता सिटौलाले आफ्नो छोरा श्याम बाबु सिटौलाको विवाह खर्च आफ्नो निर्वाचन क्षेत्रका गाउँपालिका तथा नगरपालिकामार्फत लकडाउनका कारण खाना खान समस्यामा परेकाहरुलाई राहत वितरण गर्ने गरी पाँच लाख रुपैयाँ प्रदान गरेका हुन् ।

Advertisement

नेता सिटौलाले उपलब्ध गराएको १ लाख रुपैयाँ हल्दिवारी गाउँपालिकालाई सोमबार कांग्रेस प्रदेश ३ ख का सभापति नवीन बिमली तथा कांग्रेस जिल्ला सल्लाहकार भुपाल बस्नेतले सयुक्त रूपमा हस्तान्तरण गरेका हुन । हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देन तथा उपाध्यक्ष डम्बरबहादुर गिरीलाई उक्त १ लाख नगद हस्तान्तरण गरिएको सभापति बिमलीले जानकारी दिए ।

 

नेता सिटौलाको छोरा श्यामबाबुको आइतबार विवाह भएको थियो । आफ्नो छोराको विवाहबाट हुने खर्च बिपत्तिको बेलामा नागरिकलाई खाद्य सामग्री सहयोग पुग्ने हेतुले हल्दिवारी, बाह्रदशी , कचलकवल गाउँपालिका तथा भद्रपुर नगरपालिकालाई राहत कोषमा जम्मा हुनेगरी एक एक लाख रुपैयाँ, बिर्तामोड नगरपालिका १० वडालाई ५० हजार तथा भद्रपुर वडा नम्बर १० लाई ५० हजार सहयोग उपलब्ध गराएको प्रदेश ३ ख झापा सभापति बिमलीले बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)