हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ११ महिना अगाडि

जंगली हात्तीको आक्रमण, ८८ हजारको क्षति

झापा । झापाको मेचीनगर नगरपालिका–१ साडुगौडामा सोमबार मध्यरात जंगली हात्ती प्रवेश गरी स्थानीयको घर र खेतबारीमा क्षति पुर्‍याएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार राति करिब १२:३० बजे दुईवटा जंगली हात्ती गाउँ पसेर घर भत्काउने र बाली नष्ट गर्ने काम गरेका थिए।

Advertisement

प्रहरीका अनुसार, स्थानीय नर्वु तामाङको भान्सा घरको टिनको छाना भत्काइँदा करिब २५ हजार रुपैयाँ बराबरको क्षति भएको छ। त्यस्तै, प्रेमबहादुर भारतीको घर बाहिर राखिएको करिब दुई मन धान खाइँदा ३ हजार रुपैयाँ बराबरको क्षति पुगेको छ।

Advertisement

सुनिता तामाङ र जितबहादुर मगरको पाँच–पाँच कठ्ठामा लगाइएको हरियो धानबाली समेत हात्तीले नष्ट गरेका छन्। दुवै जनाको बाली नष्ट हुँदा ३०–३० हजार रुपैयाँ बराबरको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घटनामा कुल करिब ८८ हजार रुपैयाँ बराबरको क्षति भएको छ।

फाइल फोटो

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)