हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

जनमोर्चाका सांसद थापाको पद गुम्यो, पार्टीले गर्यो कारबाही

राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पार्टीको साधारण सदस्यबाट निलम्बन गरिएको छ ।

Advertisement

थापा विपक्षी गठबन्धनलाई सघाउने पार्टीको ह्वीप नमानी मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पक्षमा खुलेर लागेका थिए । गण्डकीमा मुख्यमन्त्री गुरुङले अबको केही दिनमा विश्वासको मत लिनुपर्ने हुन्छ ।

Advertisement

यहीबीच भएको थापाको निलम्बनलाई अर्थपूर्ण रूपमा हेरिएको छ । जनमोर्चाले उनलाई यसअघि नै संसदीय दलको नेताबाट हटाएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)