हल्दीबारी गाउँपालिका : हल्दीबारी गाउँपालिका वडा नं २ मा रहेको जसोदा अंग्रेजी बोर्डिङ स्कूलले आफ्नो १३ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस विविध सांस्कृतिक कार्यक्रमसहित सम्पन्न गरेको छ। कार्यक्रममा शिक्षक, कर्मचारी र अभिभावकहरूलाई सम्मान गर्दै उत्सव मनाइएको थियो।
उत्सवको प्रमुख अतिथि, गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन र कार्यक्रम अध्यक्षता तिरुपा कन्दङवाले गर्नुभएको थियो।
कार्यक्रममा उत्कृष्ट शिक्षण पेशाका लागि विद्यालयकी शिक्षिका सिर्जना प्रसाई, स्थापना कालदेखि विद्यालयसँग आवद्ध विद्यालय कर्मचारी लखी टुडु, र उत्कृष्ट अभिभावकहरू राम ढकाल, सुष्मा खरेल र युवराज तामाङलाई नगदसहित कदरपत्रद्वारा सम्मान गरिएको थियो।
वार्षिक उत्सवमा विद्यार्थीहरूले गायन, नृत्य तथा नाटकमार्फत अतिथिहरू र अभिभावकहरूको मन जितेका थिए।
कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र, वडा नम्बर २ का वडाध्यक्ष सुकलाल राजवंशी
लगायतले विद्यालयको प्रशंसा गर्दै छोटो समयमा निकै राम्रो गुणस्तरीय शिक्षा प्रदान गर्दै हल्दीबारीकै उत्कृष्ट विद्यालयमा पर्न सफल भएकोमा विद्यालय लाई शुभकामना व्यक्त गर्नुभएको थियो।
विद्यालयका प्रिन्सिपल राजवंशीले स्वागत एवं विद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै निकै कठिन संघर्षका बीच विद्यालयलाई एउटा उचाइमा पुर्याउन सहयोग पुर्याउने अभिभावक शिक्षक तथा गाउँपालिका लाई आभार व्यक्त गर्नुभएको थियो।
त्यसैको बावजुद शिक्षा मन्त्रालयबाट भख्खरै प्राप्त जानकारी अनुसार हल्दीबारी गाउँपालिका भित्रका तीनवटा विद्यालयहरु उत्कृष्टता स्थान परे संगै जसोदा समेत उत्कृष्ट विद्यालयमा परेको जानकारी पाउँदा ज्यादै खुसी भएको उहाँले कार्यक्रममा मन्तव्यको रुपमा बताउनुभएको थियो। विद्यालय लाई आफूले एउटा अनुशासनको केन्द्र बनाउन खोजेको उल्लेख गर्दै असल विद्यार्थी उत्पादन गर्न आफू र आफ्नो विद्यालय लागि परेको उल्लेख गर्दै अभिभावकबाट पैसा होइन मायाको खाँचो रहेको उल्लेख गर्नुभएको थियो। निकै कठिन संघर्षका बीच विद्यालय अगाडि बढिरहेकोमा
अभिभावक विद्यार्थी शिक्षक एवं शुभचिन्तकप्रति उहाँले खुलेर प्रशंसा गर्नुभएको थियो।
कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, संघसंस्था प्रतिनिधि, अभिभावक, विद्यार्थी र सञ्चारकर्मीहरूको उपस्थिती रहेको कार्यक्रमको सहजीकरण विद्यालयकी शिक्षिका सरिता श्रेष्ठको रहेको थियो।


















