कोरना भाइरसले बनाएको बिषम परिस्थितिलाई मध्यनजर गर्दै गिरिजा प्रसाद कोइराला फाउन्डेसन जिल्ला शाखा झापाले बिहिबार कमल गाउँपालिकामा राहत सामाग्री हस्तान्तरण गरेको जनाएको छ।

राहत सामाग्री अन्तरगत १२ क्विन्टल चामल, ७५ केजी दाल र ७५ केजी नुन वडा न १ लाई पहिलो र दोस्रो चरण गरी हस्तान्तरण गरेको जनाएको छ।


दुई चरणमा उपलब्ध गराएको उक्त परिमाणको राहत सामाग्री जिपी फाउन्डेसन झापाका जिल्ला संयोजक बुद्दीराज न्यौपानेले कमल गापा वडा न १ का वडा अध्यक्ष केदार कटुवाललाई वडा कार्यालय परिसरमा खाध्यसामाग्री हस्तान्तरण गरेका हुन्।
