अभिषेक खतिवडा, झापा । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिङ राईले आफ्नो राजनीतिक यात्रा केवल पदका लागि नभई मूल्य, निष्ठा र जनसेवामा आधारित रहेको स्पष्ट पारेका छन्। विगतदेखि अहिलेसम्म आफूले अपनाएको जीवनशैली र विचारधारामा कुनै विचलन नआएको उल्लेख गर्दै उनले निरन्तरता नै आफ्नो पहिचान भएको बताएका छन्।
“मेरो हिजो जस्तो थियो, आज पनि त्यस्तै छ, र भोलि पनि त्यस्तै रहनेछ,” अध्यक्ष राईले दृढतापूर्वक भने। उनका अनुसार जनताको विश्वास र साथ नै उनको राजनीतिक जीवनको सबैभन्दा ठूलो पूँजी हो, जसलाई जोगाउँदै अघि बढ्नु नै उनको पहिलो कर्तव्य हो।
उनले अझ स्पष्ट शब्दमा प्रतिबद्धता जनाउँदै भने, “जुन दिन म जनताको पक्षमा उभिन सक्दिनँ, त्यो दिन मेरो लागि राजनीति आवश्यक रहँदैन।म स्वेच्छाले सन्यास रोज्नेछु।”
अध्यक्ष राईको यो अभिव्यक्तिले केवल एक नेताको धारणा मात्र नभई इमानदार, उत्तरदायी र जनमुखी नेतृत्वको सशक्त सन्देश दिएको छ। स्थानीय तहमा यस्तो सोच र प्रतिबद्धताले जनतामा भरोसा बढाउँदै सुशासनप्रतिको अपेक्षा अझ प्रगाढ बनाएको छ ।
अध्यक्ष राईको अगुवाइमा उनको कार्यकालमा थुप्रै उदाहरणीय काम पूरा भएका छन। राई हिजो २०७४ मा पुर्व कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्ले सग गोलाप्रथा बाट निर्वाचनमा पराजय भए देखि हाल सम्म निर्वाचित गाउँपालिका अध्यक्ष भए सम्म जनताका बिचमा सधै इमानदार सावित भएका छन।
राजनीतिमा प्रवेश गर्नु अघि सामाजिक सेवाबाट पहिचान बनाएका राईले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार र स्थानीय विकासका क्षेत्रमा आफूले सक्दो योगदान पुर्याउँदै आएको उल्लेख गरे। उनी सरल जीवनशैली, जनतासँग प्रत्यक्ष संवाद गर्ने शैली र समस्या समाधानमा सक्रिय भूमिकाका कारण स्थानीय तहमा लोकप्रिय नेताका रूपमा चिनिन्छन्।उनले स्पष्ट शब्दमा भने, “जुन दिन म जनताको पक्षमा उभिन सक्दिनँ, त्यो दिन मेरो लागि राजनीति अर्थहीन हुनेछ।म स्वेच्छाले सन्यास लिनेछु।”
अध्यक्ष राईको यो अभिव्यक्तिले केवल व्यक्तिगत धारणा मात्र नभई समग्र राजनीतिक संस्कृतिलाई सकारात्मक दिशामा लैजाने संकेत दिएको छ। स्थानीयवासीहरूले उनको इमानदार छवि, विकासप्रतिको प्रतिबद्धता र जनतामुखी कार्यशैलीलाई सराहना गर्दै भविष्यमा पनि यस्तै नेतृत्वको निरन्तरता चाहेको बताएका छन्।
















