समाचार
हल्दिबारी संवाददाता १० महिना अगाडि

जेनजी आन्दोलनपछि ८ हजार ५४ कैदीबन्दी फर्किए, ६ हजार ४९४ अझै फरार

हल्दीबारी । जेनजी आन्दोलनका क्रममा कारागार र सुधारगृह तोडफोडपछि भागेका कैदीबन्दीमध्ये उल्लेखनीय संख्याले पुनः कारागार फर्किएका छन्।

कारागार व्यवस्थापन विभागका अनुसार हालसम्म ८ हजार ५४ कैदीबन्दी फिर्ता आएका छन् भने अझै ६ हजार ४९४ जना सम्पर्कमा आएका छैनन्।

विज्ञापन (Advertisement)Advertisement

देशभरका २८ वटा कारागार र ९ वटा सुधारगृहबाट कुल १४ हजार ५४९ कैदीबन्दी भागेका थिए। तीमध्ये ७ हजार ७१३ जना कारागारमा र ३४१ जना सुधारगृहमा फर्किएका छन्।

विभागका निर्देशक चोमेन्द्र न्यौपानेले केही आफैं फर्किएको र केहीलाई सुरक्षाकर्मीले पक्राउ गरी ल्याएको जानकारी दिए। उनका अनुसार हालसम्म फरार भएकामध्ये ५ हजार ८७२ कारागार कैदी र ६२२ सुधारगृह कैदी छन्, जसको खोजी कार्य जारी छ।

गत भदौ २४ गतेको आन्दोलनमा मात्र १३ हजार ५८५ कारागार कैदी र ९६४ सुधारगृह कैदी भागेका थिए। यसबीचमा १० कैदीबन्दीको मृत्यु भएको विभागले जनाएको छ।

देशभरका कारागारमा अहिलेसम्म ३० हजार ६४६ कैदीमध्ये २३ हजार ४४६ मात्र रहेका विभागले जनाएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)