समाचार
हल्दिबारी संवाददाता १० महिना अगाडि

झापाको अर्जुनधारामा आगलागी, दुई लाख बराबरको क्षति

झापा, अर्जुनधारा ।  अर्जुनधारा नगरपालिका–१०, पञ्चकन्या टोलस्थित केदार ढुङ्गेलको तिनतले घरको भुईँतल्लामा भदौ १८ गते राति करिब ९:१५ बजे आगलागी भएको छ।

स्थानीय प्रहरी टोली, स्थानीयबासी तथा मेचिनगर नगरपालिकाको दमकलको सहयोगमा करिब ९:५० बजे आगो नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ।

विज्ञापन (Advertisement)Advertisement

विद्युत् सर्टका कारण भएको आगलागीबाट घरको टिभी कोठामा रहेको १ थान टेलिभिजन र १ थान दराज जलेर नष्ट भएको र करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। यस घटनामा मानवीय तथा चौपाया क्षति भने नभएको जनाइएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)