हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १२ महिना अगाडि

झापाको कचनकवलमा लागुऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ

 झापा,साउन ९ । झापा जिल्लाको कचनकवल गाउँपालिका–४ लोधावारीस्थित क्षेत्रमा लागुऔषध कारोबार भइइरहेको गोप्य सूचनाको आधारमा गरिएको प्रहरीले छापामारीमा ब्राउन सुगरसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतको बिहार राज्य किशनगंज जिल्ला निवासी २५ वर्षीय मो. सोहेल, उनकी २९ वर्षीया पत्नी तबसुम आरा, र २४ वर्षीय कचालु अन्सारीलाई नेपालतर्फ शंकास्पद अवस्थामा पैदल आइरहेका बेला नियन्त्रणमा लिएको हो।

Advertisement

प्रहरीले उनीहरूको साथबाट ५८ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो लिसिलो पदार्थ प्लास्टिकको पोकामा बरामद गरेको जनाएको छ। हाल उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको र अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)