हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ११ महिना अगाडि

झापाको कचनकवलमा २२ वर्षीया युवती रुखमा झु*ण्डि*एको अवस्थामा मृ*त फेला

झापा । झापाको कचनकवल गाउँपालिका–७ सुकुम्वासी टोलकी २२ वर्षीया रुज्वानी मियाँ रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।

Advertisement

नेस्मुदिन मियाँकी छोरी रुज्वानी मंगलबार साँझ ५ बजेदेखि हराइरहेकी थिइन्। परिवार र स्थानीयले खोजतलास गर्ने क्रममा आज बिहान दीपज्योति सामुदायिक वनको ब्लक नम्बर ५ मा रहेको सखुवाको रुखमा उनको शव झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

Advertisement

उनको आत्महत्याको कारण भने खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)