समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

झापाको कनकाईमा अज्ञात पुरुषको शव फेला

झापा, कार्तिक १७ । झापा जिल्लाको कनकाई नगरपालिका–२, झण्डी खोप क्षेत्रमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। आज सोमवार  दिउँसो करिब १२:३० बजे तिर अन्दाजी ४० देखि ४२ वर्ष उमेरका, पहाडी मूलका जस्तो देखिने पुरुष व्यक्ति घोप्टो परि मृत अवस्थामा भेटिएका हुन्। मृतकको नाम, थर र वतन भने हालसम्म खुल्न सकेको छैन।

घटनास्थलको प्रारम्भिक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनी, झापाबाट प्रहरी अधिकृतको कमाण्डमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाको थप अनुसन्धान र कानूनी प्रकृया अघि बढाइएको प्रहरीको भनाइ छ।

विज्ञापन (Advertisement)Advertisement

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)