काँकरभिट्टा, झापा । झापाको पूर्वी नाका काँकरभिट्टाबाट प्रहरीले लागूऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८२ साल फागुन १३ गते बुधबार साँझ १८:०० बजेको समयमा लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको विशेष टोलीले मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलबाट ६ ग्राम खैरो हिरोइनसहित एक युवकलाई पक्राउ गरेको हो।
​भारतको पानीट्याङ्कीबाट भाडाको सिटिसफारी चढेर नेपालतर्फ आउँदै गरेका झापा बिर्तामोड नगरपालिका–५ जात्रुबारी बस्ने २९ वर्षीय अर्जुन राजवंशीलाई शंका लागेर प्रहरीले रोकेको थियो। सोधपुछ तथा शरीर खानतलासी गर्ने क्रममा उनको साथबाट प्लास्टिक बाहेक ६ ग्राम लागूऔषध (खैरो हिरोइन) फेला परेको प्रहरीले जनाएको छ।
​लागूऔषध बरामद भएलगत्तै राजवंशीलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ। प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिमाथि लागूऔषध ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार