झापा, साउन २८ । झापाको दमक नगरपालिका–१० का ११ वर्षिय धर्मेन्द्र प्रसाईको भालु खोलामा डुबेर मृत्यु भएको छ।

बिहान करिब ७ बजे, धर्मेन्द्र प्रसाई र सोही उमेरका भुपेन्द्र ढकाल खेल्दै खोलामा पौडी खेल्ने क्रममा दुर्घटनामा परेका थिए। स्थानीयले धर्मेन्द्रलाई करिब ६०० मिटर टाढा बगाइरहेको देखी तत्काल उद्धार गरी निम्स अस्पताल, दमक पुर्याएका थिए।

तर, बिहान ७:५० मा चिकित्सकले मृत घोषित गरेका हुन्।
घटनापछि इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी निरीक्षक नविन राईसहितको टोली अनुसन्धानका लागि खटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।