हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ११ महिना अगाडि

झापाको बाह्रदशीमा दुखद घटना, घाग्रा खोलामा डु*बे*र छात्राको नि*ध*न

झापा, २०८२ साउन ३० ।  झापा जिल्ला बाह्रदशी गाउँपालिका–५, कालिदास टोलकी १५ वर्षीया झरना राजवँशीको पानीमा डुबेर मृत्यु भएको छ।

Advertisement

स्थानीय गौरी शंकर माध्यमिक विद्यालय, डाँगिबारीमा कक्षा १० मा अध्ययनरत झरना शुक्रबार दिउँसो करिब ३ बजे करिब ७/८ जना साथीहरू सहित घाग्रा खोलामा पौडी खेल्न गएकी थिइन्। तर खोलाको पानीको बहाव अत्यधिक रहेकाले उनी घुमाउने दहमा परेर हराइन्।

Advertisement

पछिल्लोपटक खोजी गर्दा घटनास्थलबाट करिब ३० मिटर दक्षिणतर्फ झाडीमा अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटाइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)