हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १२ महिना अगाडि

झापाको मेचीनगरमा लागुऔषध गाँजासहित एक जना पक्राउ

झापा, २०८२ साउन ५ गते —  जिल्ला झापा, मेचीनगर नगरपालिका–३ दोकडाँडा स्थित हिजो साँझ अन्दाजी ६:०० बजे ४३ वर्षीय हरिलाल न्यौपानेको घरमा लागुऔषध गाँजा लुकाई छिपाई राखिएको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले घरमा खानतलासी गरेको छ।

Advertisement

प्रहरी टोलीले खानतलासी गर्ने क्रममा घरको बाथरुममा राखिएको एउटा बोरा फेला पारेको थियो। उक्त बोरा खोल्दा भित्र लागुऔषध गाँजा रहेको पाईएको छ। बरामद गरिएको गाँजा तौल गर्दा १ किलो ५२८ ग्राम रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।

Advertisement

गाँजा सहित हरिलाल न्यौपानेलाई नियन्त्रणमा लिई ईप्रका काँकरभिट्टामा राखी आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ। यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)