झापा । झापा गाउँपालिका वडा नं. ५ सिमलडाँगीमा विद्युत् सर्ट भई भीषण आगलागी हुँदा एक परिवारको सर्वस्व नष्ट भएको छ। बुधबार अन्दाजी करिब ४:१३ बजे स्थानीय मुस्ताफा अलिको घरमा अचानक विद्युत्को तार सर्ट भएर आगो सल्किएको हो।

टाटीको बेरा र टिनको छानो भएको एकतल्ले घरबाट सुरु भएको आगोले छोटो समयमै उग्र रूप लिँदा घरभित्र रहेका दुईवटा सुत्ने कोठा, गाई गोठ र भान्सा कोठा पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

​आगलागीमा परी घरभित्र भण्डारण गरिएको अन्नपात, लत्ताकपडा र भाँडावर्तनका साथै महत्वपूर्ण धनमालको ठूलो क्षति भएको छ। पीडित परिवारका अनुसार आगलागीमा परी डेढ तोला सुन, ३० तोला चाँदी र नगद ८० हजार रुपैयाँ जलेर नष्ट भएको छ। त्यसैगरी, घरमा रहेका विद्युतीय उपकरणहरू फ्रिज, कलर टेलिभिजन र घर नजिकै पार्किङ गरी राखिएको मे ५ प २१८६ नम्बरको होण्डा साइन मोटरसाइकल समेत पूर्ण रूपमा जलेर खरानी भएको प्रहरीले जनाएको छ।

​घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरी टोली, भद्रपुर नगरपालिकाको दमकल र स्थानीय बासिन्दाहरूको अथक प्रयासपछि साँझ ५:१५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। समयमै सबैको सहयोग जुटेका कारण आगो थप फैलिन नपाई नियन्त्रणमा आए पनि मुस्ताफा अलिको परिवारको बस्ने घर र सम्पत्ति भने बाँकी रहेन। उक्त दुर्घटनामा मानवीय र चौपाया क्षति भने नभएको प्रहरीले पुष्टि गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार