हल्दिबारी डटकम
Hover Ad Article
haldibari.com
हल्दिबारी संवाददाता ११ महिना अगाडि

झापाको हल्दिबारी–३ मा सडक सरसफाइ अभियान, जनसहभागिता उत्साहजनक

हल्दीबारी, झापा । हल्दिबारी गाउँपालिका–३ मा बृहत श्रमदान र सडक सरसफाइ अभियान उत्साहपूर्वक सञ्चालन भइरहेको छ। वडाध्यक्ष विष्णुप्रसाद ओलीका अनुसार अभियान वडास्तरीय सर्वपक्षीय भेलापछि सुरु गरिएको हो।

Advertisement

अभियानअन्तर्गत आज सोमबार काजली खोलादेखि पूर्वतर्फ सरसफाइ गरिएको छ। हुलाकी राजमार्गको दुवै साइडमा रहेका बोटबिरुवा हटाइँदै बाटो खुला बनाउने काम अगाडि बढाइएको छ। यस क्रममा जनप्रतिनिधि, स्थानीय बासिन्दा तथा संघ–संस्थाहरूको उल्लेखनीय सहभागिता रहेको छ।

Advertisement

यसअघि दोस्रो चरणमा भोसुरी खोलादेखि ढडुवा बजारसम्म सरसफाइ गरिएको थियो भने तेस्रो चरणमा काजरी पुलदेखि ढडुवा बजारसम्म अभियान विस्तार गरिएको हो। वडाको अगुवाइमा यसलाई निरन्तरता दिइने जनाइएको छ।

वडा कार्यालयले छलफलपछि हुलाकी राजमार्गलगायत अन्य आन्तरिक सडकमा रहेका बोटबिरुवा तथा अवरोध हटाउने निर्णय गरेको छ। वडासदस्य कर्ण भण्डारीका अनुसार बाटो छेउमा घाँस र बोटबिरुवा बढ्दा दुर्घटनाको जोखिम बढेको भन्दै सरसफाइलाई प्राथमिकता दिइएको हो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)