स्वास्थ्य
हल्दिबारी संवाददाता १० महिना अगाडि

झापाबाट काठमाडौँ रगत आपूर्ति: जेनजी आन्दोलनको क्रममा घाइतेको उपचारका लागि ७१ पाउण्ड रगत पठाइयो

काठमाडौँ उपत्यकामा रगतको चरम अभाव हुन थालेपछि नेपाल रेडक्रस सोसाइटी झापा शाखाले ७१ पाउण्ड रगत काठमाडौँ पठाएको छ।

झापा शाखा सभापति लोकराज ढकालका अनुसार, बुद्ध एयरको आज बिहान ७:१५ बजे उडानमार्फत रगत पठाइएको हो। रगत काठमाडौँ पठाउनको उद्देश्य सोमबार ‘जेनजी’ पुस्ताले आयोजना गरेको आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारमा रगत अभाव हुन नदिनु रहेको उनले बताए।

विज्ञापन (Advertisement)Advertisement

सोही दिन जेनजी पुस्ताले झापामा पनि प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा दमकमा केही युवा घाइते भएका थिए। जिल्ला प्रशासन कार्यालयले गए रातिबाट आज बिहान ५:०० बजेसम्म दमक र बिर्तामोड क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो। प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार निषेधाज्ञा आज बिहानबाट हटाइएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)