हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ११ महिना अगाडि

झापामा करेन्ट लागी युवाको मृत्यु

झापा । झापाको कमल गाउँपालिका–३, खानेपानी टोलका २१ वर्षीय उज्वल राईको करेन्ट लागेर मृत्यु भएको छ।

Advertisement

मंगलवार दिउँसो करिब २ बजे राई ढ्याङ्ग्री खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा आफैं करेन्ट लागेर घाइते भएका थिए। बेहोस अवस्थामा भेटिएका उनलाई आफन्तले प्रहरीलाई खबर गरेपछि प्रहरी टोलीले उद्धार गरी उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल पुर्‍याएको थियो।

Advertisement

तर अस्पतालमा लगिएको करिब ३ बजे चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। मृतकको शवलाई पोस्टमार्टमका लागि अस्पतालको शवगृहमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)