हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ११ महिना अगाडि

झापामा गगन पुरीसहित नौ जना भ्रष्टाचारमा दोषी

२८ साउन, काठमाडौं । झापाको सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरेको अभियोगमा विशेष अदालतले नेकपा माओवादी केन्द्रका नेता रेवतराज पुरी, जसलाई गगन पुरीका नामले पनि चिनिन्छ, सहित नौ जनालाई दोषी ठहर गरेको छ।

Advertisement

अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू मुरारीबाबु श्रेष्ठ तथा रितेन्द्र थापाको इजलासले दोषी ठहर गर्ने फैसला सुनाएको हो।

Advertisement

दमक नगरपालिका–१३ र १४ मा पर्ने रतुवा र दिपिनी खोला दोभानको उत्तरतर्फको सार्वजनिक जग्गा हिनामिना गरेको आरोपमा नापी तथा मालपोत कार्यालयका कर्मचारी, जग्गाधनी र बिचौलियाविरुद्ध मुद्दा दायर भएको थियो।

अदालतले अन्य दोषीको नाममा रहेको जग्गा जफत गर्ने आदेश पनि दिएको छ।

यसअघि पनि गगन पुरी सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतबाट दोषी ठहर भइसकेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)