समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

झापामा नयाँ प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल: सुशासन र सेवा सुधारलाई प्राथमिकता

झापाका नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलालले पदभार ग्रहणपछि आइतबार पत्रकारहरूसँग भेटघाट गर्दै आफ्नो कार्यदिशा सार्वजनिक गरेका छन्।

जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा उनले कानूनको शासन, नागरिक सुविधा र शान्ति–सुरक्षालाई मुख्य एजेन्डा बनाउने प्रतिवद्धता जनाए।

विज्ञापन (Advertisement)Advertisement

उनले भने — “प्रशासन नागरिकका लागि हो। सेवा प्रवाहलाई पारदर्शी, छिटो र प्रभावकारी बनाउन सबै तहमा सुधार ल्याइनेछ।”

भेटघाट कार्यक्रममा स्थानीय सञ्चारकर्मी, सुरक्षाकर्मी र विभिन्न सरकारी निकायका प्रतिनिधिहरू सहभागी थिए।

सीडीओ गेलालले सञ्चारमाध्यमलाई “सरकार र जनताबीचको पुल” भन्दै सत्य, तथ्य र जिम्मेवार पत्रकारिताका लागि आभार प्रकट गरे।

उनका अनुसार झापाको विकास र सुशासन एक–अर्काको परिपूरक हुन् र ती दुवैलाई अघि बढाउन सहकार्य र संयोजन अनिवार्य छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)