झापा । झापाको कमल गाउँपालिका–३ केर्खामा एक नवजात बालिका बेवारिसे अवस्थामा फेला परेकी छन्।
जिल्ला प्रहरीका अनुसार मिति २०८२ चैत १६ गते बिहान करिब ६:१० बजे स्थानीय एक घर नजिकैको करेसाबारीभित्र रहेको मकैबारीमा ती शिशु फेला परेकी हुन्।
उक्त शिशुलाई स्थानीयवासी लिलाराज थापाले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी केर्खाबाट टोली खटिएको थियो।
प्रहरी र स्थानीयवासीको सहयोगमा शिशुको उद्धार गरी उपचारका लागि दमकस्थित किओच बाल अस्पताल पठाइएको छ। हाल शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।
प्रहरीले उक्त शिशुको आमाको पहिचान तथा घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ। फाइल तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1

















