झापा, ५ मंसिर । जिल्ला झापा, अर्जुनधारा–१० चोथाई बस्ने बलबहादुर दाहालको गाईगोठमा राति २३:३० बजे अचानक बिजुली सर्ट हुँदा आगलागी भएको छ। आगलागीमा गोठमा रहेका १० वटा बाख्रा, ५० वटा बोईलर कुखुरा र सम्पूर्ण गाईगोठ जलेर करिब १३ लाख २५ हजार रुपैयाँ बराबरको क्षति भएको छ।
आगो नियन्त्रणका लागि बिर्तामोड र मेचिनगर नगरपालिका दमकल, प्रहरी र स्थानीयबासिको सक्रिय सहयोगमा मंसिर ६ गते बिहान २ बजे पूर्णरूपमा आगो नियन्त्रणमा आएको थियो।
आगो निभाउने क्रममा बलबहादुर दाहालकी ४२ वर्षीया श्रीमती छत्र कुमारी थापाका दुवै हात पोलिएको र ७० वर्षीया भिमा देवी भण्डारीलाई दाहिने हातमा सामान्य चोट लागेको थियो। दुवै घाइतेलाई शनिश्चरेको शंकर अस्पतालमा उपचार गरी डिस्चार्ज गरिएको छ।थप अनुसन्धान र क्षतिको मूल्यांकन कार्य जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1

















